२,६२४ जनामा कोरोना संक्रमण, १,९२० जना निको, २० को मृत्यु


३० श्रावण २०७८, शनिबार
korona

काठमाडौं, ३० साउन । नेपालमा पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार ५७३ नमूनामा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८,६६७ नमूनाको पीसीआर र ४,९०६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो । जसमध्ये पीसीआरबाट १,९४७ जनाको र ६७७ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ५३५ जना छन् । यस्तै, ललितपुरमा १६४ र भक्तपुरमा ९६ संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो १४ घण्टामा कोरोनाबाट थप २० जनाको निधन भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ । मन्त्रालयका अनुसार शनिबार १,९२० जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार हालसम्म ३९ हजार ४०५ जना कोरोनाका सक्रिय संक्रमित छन् । ७६० जना कोरोना संक्रमितको आइसीयूमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७