तालिवानसँग भिड्ने पक्षमा अफ्गान राष्ट्रपति, राजीनामा नदिने

राष्ट्रपति घानीले भने, ‘२० वर्षकाे उपलब्धिलाई गुम्न दिने छैनौं’


३० श्रावण २०७८, शनिबार
afgan ghani

काबुल, ३० साउन । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले जनतालाई युद्ध नथोपर्ने बताएका छन् । टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले पछिल्ला २० वर्षका उपलब्धिलाई गुम्न नदिने बताए । ‘हामीले पछिल्ला २० वर्षमा जे हासिल गरेका छौं, त्यसलाई गुम्न दिने छैनौं । हामी थप अफगानीहरुको हत्या हुन दिने छैनौं र सार्वजनिक सम्पत्ति पनि नष्ट गर्ने छैनौं ।’

अफगानी राष्ट्रपतिको रेकर्डेड सन्देश शनिबार राष्ट्रिय टेलिभिजनमार्फत प्रशारण भएको हो । उनले आफ्ना जनताको भविष्यको चिन्ता लागेको बताए । तर, राजीनामा दिने विषय उल्लेख गरेनन् । ‘राष्ट्रपतिका रुपमा मेरो ध्यान अस्थिरता, हिंसा र विस्थापनलाई रोक्नेमा हुनेछ, म यो भरोसा दिलाउन चाहन्छु’ उनले भने ।

asraf ghani LyTuDuLi7v
अफगानिस्तानका राष्ट्रपति असरफ घानी

घानीले यस सम्बोधनमा राजीनामाको घोषणा गर्नसक्ने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको थियो । तर, त्यस्तो घोषणा आएन । ‘अहिलेको अवस्थामा अफगानिस्तानका सुरक्षाबल र सेनालाई फेरि एकजुट गर्नु नै मेरो पहिलो प्राथमिकता हो’ उनले भने । पछिल्लो समय तालिवानी विद्रोहीहरुले अफगानिस्तानमा एकपछि अर्काे शहर कब्जा गरिरहेका छन् ।

taliban KfKgWz8Ymy

उनीहरुले ३४ प्रान्तमध्ये १९ प्रान्त आफ्नो कब्जामा लिइसकेका छन् । राजधानी काबुलभन्दा ५० किलोमिटर नजिकको शहर पनि उनीहरुकै कब्जामा छ । लाखौं जनताहरु तालिवानी विद्रोहीदेखि त्रसित भएर घर छाड्दै काबुलमा विस्थापित भएका छन् । सुरक्षाकर्मीहरुले तालिवानको पर्याप्त प्रतिरोध नगरेको र शहर कब्जामा जान दिएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७