धानबाली विशेषज्ञ बस्नेतको निधन


३० श्रावण २०७८, शनिबार
bhola man singh basnet11628940348

काठमाडौं, ३० साउन । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ संक्रमणबाट ७१ वर्षका उमेरमा आज (शनिबार) ओम अस्पतालमा निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रूपमा सेवा पुर्‍याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए ।

नेपालमा हिउँदे धान खेतीको सुरुवात तथा असार १५ लाई धान दिवसका रूपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७