कर्णालीमा कोभिड संक्रमितको संख्या ३१ हजार ८५५


३० श्रावण २०७८, शनिबार
koronav 1

सुर्खेत, ३० साउन । कर्णाली प्रदेशमा शनिबार थप ११५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । १३६ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ७० जना र २२१ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

योसँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको कुल सङ्ख्या ३१ हजार ८५५ पुगेको छ । शनिबार सबैभन्दा धेरै सुर्खेत जिल्लामा ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यस्तै कालिकोटमा २५, रुकुम पश्चिममा १९, जुम्लामा १५, जाजरकोटमा १२, दैलेखमा ५ र मुगुमा २ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।

कर्णालीमा पछिल्लो समय कोरोना सङ्क्रमित हुनेहरूको संख्या उकालो लाग्दो छ । यस्तै शनिबार ८५ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर डिस्चार्ज भएका छन् । यो सँगै प्रदेशमा कुल सङ्क्रमित मध्ये निको हुनेको संख्या २९ हजार १०७ रहेको छ भने प्रदेशभर सक्रिय सङ्क्रमितको संख्या पुन बढेर ९७७ मा उक्लिएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणका कारण कर्णालीमा कसैले ज्यान गुमाएका छैनन् । कर्णालीमा हालसम्म आरटी–पीसिआर विधि र एन्टिजेन विधिबाट गरी एक लाख ६७ हजार ०८७ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्का बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७