लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने


३० श्रावण २०७८, शनिबार
kul prasad kc

बुटवल, ३० साउन । लुम्बिनी प्रदेशको प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि आह्वान भएको छ । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नियमित अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शनिबार सार्वजनिक गरेको सूचनामा संविधानको धारा १८३ को उपधारा १ बमोजिनम नवौं अधिवेशन भदौ १ गते दिउँसो १ बजेका लागि आह्वान भएको उल्लेख छ ।

मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारले पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी गरेको छ । लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता केसी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भए लगत्तै ७ सदस्यीय मन्त्रिमण्डल बनाएका उनले गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिमण्डल पूर्ण गराउन सकेका छैनन । विश्वासको मत लिएपछि मात्र पूर्ण आकारको मन्त्रिपरिषद् बनाउने गरी अविधेशन आह्वान भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला एवं योजना मन्त्री कृष्णध्वज खड्काले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७