काबुलबाट ११ किलोमिटर नजिक पुगे तालिबान, थप दुई प्रान्तीय सहर कब्जा

भाग्न थाले विदेशी दूतावासका कर्मचारी, फैलियो त्रास


३१ श्रावण २०७८, आईतवार
Taliban afganistan h8icDIrpdw

काबुल, ३१ साउन । तालिबान लडाकुहरुले अफगानिस्तानका आधाभन्दा धेरै प्रान्तीय राजधानी कब्जा गरेका छन् । समाचार एजेन्सी एपीका अनुसार तालिबानी लडाकु अब राजधानी सहर काबुलबाट केबल ११ किलोमिटर दूरीमा रहेका छन् ।

पछिल्लो विवरणमा अमेरिका र बेलायतको सेनापछि अब अस्ट्रेलियन सेनाको एक टुकडी पनि काबुलमा पुग्दैछ । यो टुकडी आफ्नो देशका नागरिक र दूतावास कर्मचारीलाई फिर्ता लैजान त्यहाँ पुगेको हो । शनिवार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा तनावपूर्ण र भागदौडको दृष्य देखिएको थियो ।

जहाँ अफगानिस्तानमा काम गरिरहेका विदेशी नागरिक, दूतावास कर्मचारी र अफगानी नागरिक कुनै न कुनै तरिकाबाट अन्य देश जान आतुर थिए । अर्कातिर हजारौं अफगानीहरु काबुलको सडकको किनारमा अस्थायी क्याम्पमा बसेका छन् । उनीहरु तालिबानी गुटको कब्जामा गएका क्षेत्रबाट भागेर त्यहाँ आएका हुन् ।

Taliban afganistan 1 KupJj9AXJw

जसरी समय बित्दै गएको छ, त्यसरी नै तालिबानी लडाकुको समूह राजधानी काबुल नजिक आइरहेका छन् । अफगानिस्तानका एक स्थानीय प्रशासकले समाचार एजेन्सी एपीलाई बताए अनुसार तालिबानी लडाकुको समूह अब केबल ११ किलोमिटरको दूरीमा आइपुगेको छ ।
एपीका अनुसार तालिबान अब काबुलबाट दक्षिणमा केही दूरीमा अवस्थित असयाब चार इलाकासम्म आइपुगेका छन् । यदि अफगान सरकारले यसको पुष्टि गरेमा यो काबुलबाट सबैभन्दा कम दूरीमा तालिबानको उपस्थिति हुनेछ । यदि काबुलमाथि तालिबानको कब्जा भएमा यो अफगान सरकार र सेनाका लागि धेरै ठूलो झट्का हुनेछ । यसका अतिरिक्त मजार –ए–शरिफमा पनि सेना र तालिबानी लडाकुबीच भयानक गोलीबारी चलिरहेको छ ।

तालिबान लडाकुले शनिवार पक्तिका र कुनार प्रान्तको राजधानीमा कब्जा जमाएका छन् । पक्तिकाका परिषद अध्यक्षका अनुसार शनिवार बिहान शरनमा तालिबानले कब्जा जमाएका हुन् । उनका अनुसार जासुसी विभाग, राज्यपालको कार्यालय, पुलिस हेड क्वार्टर र स्थानीय जेल तालिबानी नियन्त्रणमा गएको छ । शरन काबुलको दक्षिणमा २ सय किलोमिटर दूरीमा अवस्थित छ ।

त्यस्तै एक स्थानीय सांसदले बीबीसीलाई बताए अनुसार कुनार प्रान्तको राजधानी असदाबादमा पनि तालिबानले कब्जा गरेको छ । ट्वीटरमा देखिएको एक भिडियोमा तालिबानी झण्डासहित सहरमा हिँडिरहेको देखिएको छ ।

असदाबाद काबुलको पूर्वमा २३५ किलोमिटरको दूरीमा अवस्थित छ । अहिलेसम्म तालिबानी लडाकुहरुले उत्तरी अफगानिस्तानका धेरै भागमा कब्जा जमाएको छ । चरमपन्थी समूहले अफगानिस्तानका आधाभन्दा धेरै प्रान्तीय राजधानीमा पनि कब्जा जमाइसकेको छ ।
तालिबानी नेतृत्व र सामाजिक सञ्जालमा सक्रिय समर्थकहरुले तालिबानी नियन्त्रणमा गएका इलाकाहरूमा विस्तारै अवस्था सामान्य हुन थालेको बताएका छन् । तालिबानी गुटको तर्फबाट लगातार सन्देश सार्वजनिक भइरहेका छन् । उनीहरुले यदि अफगान सुरक्षाकर्मीले आफूसँग आत्मसमर्पण गरेमा उनीहरुविरुद्ध कुनै कदम नउठाउने धम्कीयुक्त सन्देश उनीहरुले दिइरहेका छन् ।

afghanistan ykQHw9PfS6

यसका साथै तालिबानले सबै धर्म, जाति र समुदायका लागि काम गर्ने सन्देश पनि प्रवाह गरिरहेका छन् । यस सन्देशको उद्धेश्य हमला अघि नै अफगान सैनिकहरुलाई आत्मसमर्पणका लागि तयार बनाउनु हो । तालिबानले बन्दी बनाइएका मानिसहरुलाई मारिरहेको भन्ने खबरको पनि यो समूहले खण्डन गर्न खोजिरहेको छ ।

उनीहरुले युवतीहरूलाई तालिबानी युवाहरूसँग बिहे गर्न बाध्य पारिरहेको खबरको पनि खण्डन गरिरहेको छ । तालिबानले शहरहरु कब्जा गरिरहेका बेला अहिलेसम्म महिलाको शिक्षा, काम र कडा पोशाक नियमको कुरा नगरेको भन्दै सर्वसाधारणलाई फकाउने प्रयास गरिरहेको छ । तालिबानले देश आफ्नो कब्जामा आएपछि भविष्यमा चुनाव गर्ने सन्देश पनि दिन खोजेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७