पिउने पानीमा पनि पहुँचवालाकै पहुँच : भिआइपी क्षेत्रका धारामा दिनहुँ पानी, सर्वसाधारणकोमा छैन


३१ श्रावण २०७८, आईतवार
water
फाइल फोटो

काठमाडौं, ३१ साउन । राज्यले उपतयकामा पिउने पानी वितरणमा समेत विभेद गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पहुँचवाला र ठूला नेता बस्ने टोलमा छ्यालब्याल पानी पठाइरहेको छ भने पहुँच नहुनेको धारामा डेढ सातासम्म पनि पानी आउँदैन ।

बुढानीलकण्डस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास र त्यस वरिपरिका घरमा केयुकेएलले सातामा ६ दिन पानी दिन्छ । अहिले प्रधानमन्त्री बनेपछि मात्र होइन, देउवाको बुढानीलकण्ठमा घर बनाएदेखि नै प्रशस्त पानी पाउन थालेका हुन् । तर, कतिपय सर्वसाधारणको धारामा पानी नझरेको बर्षै बितिसकेको छ । मध्यपुर ठिमी नगरपालिका १ का वासुदेव आचार्य तिनैमध्येका एक हुन् ।

उनको धारामा ६ वर्षदेखि पानी नदिए पनि केयुकेएलले बिल भने नियमित बठाइरहेको छ ।’ केयुकेएलले धारामा पानी नदिएको ६ वर्ष भयो । पानी नआए पनि बील आउन छाडेको छैन्, ०७२ देखि नियमित बिल तिर्दै आएको छु । पैसा तिर्न जाँदा पटक पटक खानेपानी नआएको गुनासो गर्दा पनि केयुकेएलका कर्मचारीले वास्त गर्दैनन्’, उनले भने ।

देउवानिवास बुढानीलकण्ठ क्षेत्रका अरु सर्वसाधारणको घरमा पनि पानीको समस्या छ । उनीहरु ट्यांकर, डिप बोरिङ् तथा इनारको पानी प्रयोग गर्दै आइरहेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७