अफगानस्तानका सबै ठूला शहर तालिवानको कब्जामा, अब राजधानी काबुल मात्र बाँकी

पश्चिमी देशहरू आफ्ना नागरिकलाई काबुलबाट बाहिर निकाल्ने प्रयासमा


३१ श्रावण २०७८, आईतवार
Taliban afganistan h8icDIrpdw

काबुल, ३१ साउन । तालिवानी लडाकूहरुले अफगानिस्तान सेनाको बलियो उपस्थिति रहेको र सरकारको मुख्य गढ मानिएको अर्को प्रमुख शहर मजार–ए–शरीफ नियन्त्रणमा लिएको छन् ।

यो आक्रमणलाई अफ्गान सरकारले सबैभन्दा ठूलो झट्काको रुपमा लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मजार–ए–सरिफ बाल्ख प्रान्तको राजधानी र सरकार समर्थक सेनाको अन्तिम गढ थियो । यसअघि भनिएको थियो– मजार–ए–सरिफ तालिबानले नियन्त्रणमा लियो भने राजधानी काबुल सुरक्षित राख्न गाह्रो हुनेछ । बीबीसीका अनुसार तालिबानले अफगानिस्तानका अधिकांश स्थान नियन्त्रणमा लिइसकेको छ भने तालिबानी लडाकु राजधानी काबुलको नजिकै पुगिसकेका छन् ।

Taliban afganistan 1 KupJj9AXJw

पछिल्लो एक महिनायता हिंसात्मत गतिविधि तीव्र पारेको तालिवानी समूहले अफगानिस्तानका विभिन्न शहर आफ्नो नियन्त्रणमा लिँदै आएको छ । अमेरिकाको नेतृत्वमा रहेको विदेशी सेना फिर्ता भएसँगै तालिवानीले आफ्नो सशस्त्र संघर्ष चर्काएको हो । सो क्रममा तालिवानी समूहले देशका मुख्य शहरहरु पनि आफ्नो नियन्त्रणमा लिन थालेको छ । राष्ट्रपति अशरफ घानीले सरकारी सेनाले तालिवानी विद्रोही विरुद्धको कारवाहीलाई तीव्र पार्ने जनाए पनि सो समूहले आफ्ना गतिविधि झन् बढाएको हो ।

विद्रोहीले राजधानी काबुलबाहेकका मुख्य शहरहरु नियन्त्रणमा लिइसकेका छन् । पछिल्लो दुई दशकयता जारी हिंसाका कारण अफगानिस्तानमा लाखौं मानिसको मृत्यु हुनुका साथै सो भन्दा बढी विस्थापित भएका छन् ।

taliban mahila lXzJisMRwq

तालिवानीहरुका हिंसात्मक गतिविधि नियन्त्रणमा नआएपछि विभिन्न राष्ट्रले कुटनीतिक निकायमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएका छन् । तालिबानले कब्जा गरेका क्षेत्रहरूमा महिलालाई बुर्का लगाउन बाध्य बनाइएको छ । उग्रवादीहरूले सामाजिक नियम तोडेको भन्दै स्थानीयलाई कुटपिट गरेको बताइएको छ । पश्चिमी देशहरू आफ्ना नागरिकलाई काबुलबाट बाहिर निकाल्ने प्रयासमा छन् ।एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७