जापानमा भारी वर्षा, २० लाखलाई सुरक्षित स्थानमा सारियो


३१ श्रावण २०७८, आईतवार
japan

टोकियो, ३१ साउन । जापानमा भारी वर्षापछि बाढी पहिरो आउन सक्ने भन्दै २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ लाग्न अपील गरिएको छ । जापानको फुकुओका र हिरोशिमालगायत विभिन्न प्रान्तहरुमा थप वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

भारी वर्षापछि नागासाकी प्रान्तमा पहिरोले घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । सम्भावित क्षति न्यूनिकरणका लागि १ सय ५० भन्दा बढी सेना, प्रहरी र अग्निनियन्त्रकहरु विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । जापानको पश्चिमी भाग वर्षाले बढी प्रभावित भएको छ । बाढी पहिरोले दर्जनौं घर भत्काएको साता दिन नबित्दै फेरि भारी वर्षा भएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७