करिश्मा मानन्धरलाई नयाँ शक्तिको जिम्मेवारीबाट हटाइयो


२१ फाल्गुन २०७४, सोमबार
karishma manandhar naya shakti

काठमाडौं, २१ फागुन । नयाँ शक्ति पार्टी नेपालको संघीय महाधिवेशन आगामी वर्षको फागुन १०–१५ मा हुने भएको छ । नयाँ शक्तिको फाल्गुन १९–२० गते काठमाडौंमा बसेको बैठकले आगमी वर्ष महाधिवेशन वर्ष मनाउने घोषणा गर्दे पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।karishma manandhar naya shakti

२०७५ सालको भदौ र असोजमा स्थानीय तहको सम्मेलन, मंसिर र पुसमा प्रादेशिक अधिवेशन र फागुन १०–१५ मा संघीय महाधिवेशन गर्ने भएको हो ।

यसैगरी, चैत ५ गते प्रदेश १ र २ को संयुक्त भेला लहानमा, चैत ७ गते प्रदेश ३ र ४ को संयुक्त भेला चितवनमा र चैत १० गते प्रदेश ५, ६ (कर्णाली प्रदेश) र ७ को संयुक्त भेला नेपालगञ्जमा गर्ने निर्णय गरेको छ ।

हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठक (फाल्गुण ९–१२) द्वारा पुनर्ग्ठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठक काठमाडौं संयोजक भट्टराईको अध्यक्षतामा बसेको हो । बैठकले लुम्बिनी विस्तारित बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहित राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

बैठकले १७ सदस्यीय सचिवालय गठन गरेको छ । जसमा डा. बाबुराम भट्टराई, कल्पना धमला, केशव दाहाल, कृष्णकुमार चौधरी, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, डा। केशवमान शाक्य, दुर्गा सोव, देवीप्रसाद ओझा, नवराज सुवेदी, परशुराम खापुङ, राजेन्द्रकुमार किराँती, रामरिझन यादव, रुद्रबहादुर गुरुङ, सरुण बाठा मगर, हिसिला यमी र संरक्षक परिषद्को संयोजक रहनेछन् । यसअघि सचिवालय सदस्य रहेको नायिका करिष्मा मानान्धर भने हटाइएको छ । नयाँ शक्ति पार्टी गठनदेखि नै सक्रिय रहेकी उनलाई कुनै जिम्मेवारी दिइएको छैन ।

नयाँ शक्तिले प्रादेशिक इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको छ । प्रदेश नम्बर १ इन्चार्ज र संयोजकमा राजेन्द्रकुमार किराँती र देवराज भण्डारी, २ मा रामरिझन यादव र सुशील यादव, ३ मा गंगानारायण श्रेष्ठ र सोनामसिं स्याङतान, ४ मा रुद्रबहादुर गुरुङ र देवीप्रसाद सुवेदी, ५ मा नवराज सुवेदी र दानबहादुर चौधरी, कर्णाली प्रदेशमा सरुण बाठा मगर र रामबहादुर बोहरा, ७ मा कृष्णकुमार चौधरी र प्रकाशबहादुर साउद तथा प्रवासमा हिसिला यमी र धनबहादुर गुरुङ तोकिएको छ तोकिएको छ ।

नयाँ शक्तिले प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी राजु नेपालले पाएका छन् । परशुराम खापुङ संयोजक रहने गरी अनुगमन तथा मूल्यांकन विभाग, देवी ओझा संयोजक रहने गरी राजनीतिक संवाद तथा जनपरिचालन विभाग, केशव दाहालको संयोजकत्वमा उत्पादन तथा स्वरोजगार विभाग, डा. राजेन्द्र केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा स्रोत परिचालन विभाग, विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभागलगायत १९ वटा विभाग गठन गरिएको नयाँ शक्तिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, अनुशासन तथा सदाचार आयोगको प्रमुख आयुक्तमा महेन्द्र श्रेष्ठ, निर्वाचन आयोगको प्रमुख आयुक्तमा कृष्णप्रसाद शर्मा र लेखापरीक्षण आयोगको प्रमुख आयुक्तमा वीकेमान सिंह नियुक्त भएका छन् ।

आंगिक संगठनको संयोजकको जिम्मा कल्पना धमला, सम्पर्क संयन्त्रको इन्चार्ज ईश्वर रिजाल र राष्ट्रिय मामिला संयन्त्रको जिम्मेवारी पञ्चलाल महर्जनलाई दिइएको छ ।

संघीय तथा प्रादेशिक संसदमा पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने, पार्टीले विजय हासिल गरेको गाउँपालिका र वडाहरुमा नमुना विकास कार्यक्रम लागू गर्ने र अन्य सबै स्थानीय तहमा निगरानी समूहका रुपमा ‘वैकल्पिक सरकार’ गठन गरी सूचनाको हक र जनसरोकारको सवालमा जनपरिचालन गर्ने निर्णय नयाँ शक्तिले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७