पाकिस्तानको कराँचीमा ग्रिनेड आक्रमण, एकै परिवारका ११ जना मारिए


३१ श्रावण २०७८, आईतवार
pakistan terrorist attack 3RprcVbgQ1 1

काठमाडौं, ३१ साउन । पाकिस्तानको कराँची शहरको बाहिरी इलाका आइतवार भएको ग्रिनेड आक्रमणमा कम्तीमा पनि ११ जना मारिएका छन् । यो आक्रमणमा अन्य कयौं घाइते भएका छन् ।

समाचार अनुसार एक एक मिनी ट्रकमा भएको ग्रिनेड हमलामा एकै परिवारका ११ को ज्यान गएको हो । जसमा ६ जना महिला र ४ जना बालबालिका पनि छन् । हमलामा अन्य ९ जना घाइते भएका छन् । बलदिया इलाकामा भएको यस घटनाबारे सुरुमा सिलिन्डर ग्यास फुटेको अनुमान थियो । तर कराँची पुलिसको आतंकवाद निरोधी दस्ताका एक अधिकारी रजा उमर खत्ताबले सिलिन्डर विस्फोट नभएर ग्रिनेड आक्रमण भएको पुष्टि गरेका छन् ।

उनले घटनास्थलमा अर्को एउटा नपड्किएको बम पनि भेटिएको बताएका छन् । यो आक्रमणमा प्रयोग गरिएका केही विष्फोट पदार्थका सामाग्री पनि भेटिएका छन् । पुलिसका अनुसार विस्फोट स्थानीयस्तरमै बनाइएको बमबाट गरिएको थियो । विस्फोटपछि ट्रकमा छर्रा र नट बोल्टका टुक्रा भेटिएका छन् । घटनास्थलमा पुगेपछि उनले भने, ‘यो एक आतंकवादी हमला थियो । गुडिरहेको मोटरसाइकलबाट मिनी ट्रकमा ग्रिनेड फ्याँकेको भेटिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७