कोरोनाले देशैभरीका विद्यालय बन्द हुँदा उपल्लो डोल्पामा भने धमाधम पढाइ


३१ श्रावण २०७८, आईतवार
school 1

डोल्पा, ३१ साउन । कोरोना संक्रमणको कारण यतिबेला देशैभरीका शैक्षिक संस्था बन्द भए पनि उपल्लो डोल्पाका अधिकांश विद्यालयमा भने धमाधम पढाई भइरहेको छ ।

गएको वैशाखदेखि नै उपल्लो डोल्पाका विद्यालय निरन्तर सञ्चालनमा छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिका क्षेत्रका अधिकांश विद्यालयमा गएको वैशाखदेखि नै पढाई सुरु भएको हो ।

माथिल्लो डोल्पामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुने गर्छ । डोल्पोबुद्धका सबै विद्यालमा वैशाखदेखि निर्धक्कका साथ पढाइ सुरु भएको स्थानीयवासी पेमा गुरुङले जानकारी दिए । गत वर्षको कोरोना महामारीमा पनि उपल्लो डोल्पामा विद्यालय बन्द भएका थिएनन् । गत वर्ष परीक्षा समयमै भएका थिए । डोल्पोबुद्धमा छवटा विद्यालय छन् । छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका केही विद्यालयमा पनि पठनपाठन भइरहेको छ ।

सामान्यरूपमा कोरोना सङ्क्रमण भए पनि खासै असर नपरेको डोल्पोबुद्ध गाउँपालिकाका प्रवक्ता क्याल्पो थापा भोटेले बताए । डोल्पामा दुई शैत्रिक सत्रमा पढाइ हुने गर्छ । उपल्लो डोल्पा कम जनसम्पर्क हुने क्षेत्रका रूपमा स्थापित छ । छिमेकी मुलुक चीनमा समेत बँन्दाबन्दी भएका कारण खासै समस्या नभएको सर्वसाधारण बताउँछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७