पोखरामा कार दुर्घटना, चालकको गयो ज्यान


३१ श्रावण २०७८, आईतवार
Capture 8

पोखरा, ३१ साउन । पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो । उक्त दुर्घटनामा कार चालक केसीको मृत्यु भएको र दुई जना महिलाहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

कार दुर्घटनामा परी गम्भिर घाइते भएका केसीलाई प्रहरीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक दीपक केसीले बताए ।

दुर्घटनामा परी मृत्यु भएका केसी पोखरा न्यूरोडस्थित पद्यम डेन्टल होम प्रालिका सञ्चालक हुन् । उनी विगत २ दशकदेखि पोखरामा स्वास्थ्य व्यवसायमा आबद्ध रहदै आएका थिए । मृतक केसी व्यवसायसँगै विभिन्न सामाजिक संघ–संस्थाहरुमा समेत आबद्ध रहेका थिए । दुर्घटनामा घाइते भएका सपना घोताने र किरण अर्यालको उद्धार गरी सहारा हस्पिटल पोखरामा पठाइएको प्रहरी निरीक्षक केसीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७