माओवादी केन्द्रीय समिति बैठक : अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी


३१ श्रावण २०७८, आईतवार
PN moist centeral commette e1628924527727 1

काठमाडौं, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक शुरु भएको छ । शनिबारदेखि शुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आजै सक्ने तयारी छ । यसअघि माओवादी स्थायी समिति बैठक बसेको थियो ।

स्थायी समितिमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले आजको केन्द्रीय समिति बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई भोलि बस्ने स्थायी समिति बैठकले व्याख्या र निष्कर्ष निकाल्ने बताए ।

आजको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझाबका आधारमा प्रतिवेदन पास हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७