राजधानी काबुल छिर्न थाले तालिबान लडाकु, सरकारी कर्मचारीहरुको ‘भागाभाग’

अशरफ घानीको सरकार किनारा लाग्दै


३१ श्रावण २०७८, आईतवार
talibans

काबुल, ३१ साउन । तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । तालिबानहरू काबुल प्रवेश गरिरहेका बीबीसीले जनाएको छ । उनीहरू सबै क्षेत्रबाट प्रवेश गरिरहेका रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तालिबानले राजधानी काबुल कब्जाको प्रयास थालेको छ । देशका अन्य शहर कब्जामा लिएको तालिबानले काबुल कब्जाको प्रयासमा लागेको हो । तालिबानले तोर्खाम सीमा पार गरेको छ । अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीकाअनुसार तालिबानले काबुलमा चारैतिरबाट आक्रमण शुरू गरेका छन् ।

taliban militants 4SkCBLKrfj

तालिबान लडाकूहरु काबुलको बाहिरी इलाकामा प्रवेश गरेपछि आतंकित कर्मचारीहरु सरकारी कार्यालयहरुबाट भागेका छन् । साथै अमेरिकी हेलिकप्टर दूतावासमा अवतरण भएको छ । आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि अमेरिकी हेलिकप्टर दूतावासमा अवतरण भएको हो ।

लडाकुहरूले पूर्वी शहर जलालाबादमाथि आइतवार बिहानै नियन्त्रणमा लिएका थिए । अर्को महत्वपूर्ण उत्तरी शहर मजार–ए–शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन् ।

अशरफ घानीको सरकार किनारा लाग्दै
अफगान राष्ट्रपति अशरफ घानीको सरकार देशमाथिको नियन्त्रण गुमाउने अवस्थामा पुगेको छ । काबुल बाहेक सबै शहर नियन्त्रण बाहिर गइसकेको अवस्थामा राष्ट्रपति घानीसँग तालिबान विद्रोही समूह समक्ष आत्मसमर्पण गर्ने कि राजधानी आफ्नो सरकारको नियन्त्रणमा राख्न युद्ध गर्ने भन्ने कठिन विकल्प छ ।

asraf ghani LyTuDuLi7v

रातारात अमेरिकी राष्ट्रपति जो बाइडेनले रक्तपातबाट बच्नका लागि राजनीतिक सम्झौता गर्न अफगानिस्तान सरकारलाई आग्रह गरेका थिए । राष्ट्रपति घानीले हिजो शनिवार साहसी सुरक्षा बलको प्रशंसा गर्दै अफगान नागरिकलाई एक संक्षिप्त सार्वजनिक भाषण दिएका थिए ।

आफू नागरिकमाथिको हिंसा, विस्थापन हुनबाट रोक्न र अस्थिरता हटाउने केन्द्रित रहेको उनको भाषणको आशय थियो ।
अफगान राष्ट्रपति घानीले आफ्नो राजीनामाको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । तालिबान अफगानिस्तानको राजधानी काबुल नजिकिँदै गर्दा त्यहाँको तनाव बढिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७