तालिवानले काबुल घेरेपछि अफगानी गृहमन्त्रीले भने, ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण हुन्छ’


३१ श्रावण २०७८, आईतवार

काबुल, ३१ साउन । अफगानिस्तानको विद्रोही समूह तालिबानले काबुल घेरेर ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण कुरिरहेको’ बताएको छ ।
हालसम्म अफगानिस्तानका सबैजसो प्रान्त तालिबानको नियन्त्रणमा पुगिसकेको छ भने काबुल तालिबानको चौतर्फी घेराबन्दीमा परेको छ ।

यसैबीच, अफगानी राष्ट्रपति असरफ गनीले अमेरिकी विशेष दूत जाल्मे खालिजादसँग आकस्मिक वार्ता गरिरहेको बीबीसीले जनाएको छ ।
हिजो मात्रै राजीनामा नदिने बताएका गनीले उत्तर एटलान्टिक सैन्य संगठन नेटोका अधिकारीसँग पनि वार्ता गरिरहेका छन् ।

उता कार्यवाहक अफगानी गृहमन्त्रीले एक भिडिओ सन्देशमार्फत संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उता अफगानी सरकार र तालिबानी प्रतिनिधिबीच पनि वार्ता चलिरहेको बताइएको छ । तालिबानले काबुलमा हिंसा नमच्चाउने बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७