२,२१२ जनामा कोरोना संक्रमण, १,८६७ जना निको, ३३ को मृत्यु


३१ श्रावण २०७८, आईतवार
korona

काठमाडौं, ३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २,२१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार ८८ जनाको पिअिसार परीक्षण गर्दा १,७९३ र चार हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,८६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३५ हजार १८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा ४,२८० भने ७५८ जना आइसियुमा र १९३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ४१९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७