काठमाडौंमा व्यापारीको साथबाट लुटियो यार्सागुम्बा, सात जना पक्राउ


३१ श्रावण २०७८, आईतवार

काठमाडौं, ३१ साउन । यार्सागुम्बा लुटेको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ घर भएका धर्म ओखेडा, दोलखा घर भएका मनोजकुमार श्रेष्ठ, रामेछापका दिपक थापामगर, काभ्रे घर भएका विशाल लामा र योङ्देन लामा रहेका छन् । भारत घर भएका काश्मिर अबुपाकर र रामेछापको दोरम्बा घर भएका रोशन श्रेष्ठलाई पनि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

yarsagumba 1

प्रहरीले उनीहरुको साथबाट ७ किलो ४ सय ४० ग्राम यार्सागुम्बा बरामद गरेको छ । सिन्धुपाल्चोक घर भएका दिपक लामा र सुरेश सापकोटालाई साउन २४ मा ‘१ किलो यार्सागुम्बा २८ लाखमा किन्छौँ’ भनेर गणेश शाहीले फोन गरेर गोंगबुमा बेलाएका थिए ।

दिपक र सुरेशले बेच्न लगेको १ किलो यार्सागुम्बा गोंगबु मित्रनगरस्थित होटलमा अपरिचित समूह आएर लुटेर भागेको उनीहरुले दाबी गरेका छन् । लुटपाटमा संलग्नहरूलाई शनिवार पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७