एनआईसी एशिया बैंकको व्यवसायमा उल्लेख्य बृद्धि, वित्तीय सूचकांकहरू उत्साहजनक


३१ श्रावण २०७८, आईतवार
Nic asia 1

काठमाडौं, ३१ साउन । एन आई सी एशिया बैंकले गत आ.व. २०७७र७८ मा व्यवसायमा उल्लेख्य बृद्धि गरी अधिकांश वित्तीय तथा गैर वित्तीय सूचकांकमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । यस बैंकले आ.व. २०७७र७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय तथा गैर वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको छ भने बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहपूर्ण रहेका छन् ।

आ.व. २०७७र७८ मा यस बैंकले कर्जातर्फ करिब ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम २६५ अर्ब पुर्याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै भएको बैंकले जनाएको छ । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ ।

आर्थिक वर्ष ०७७र७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ । यसैगरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २९८ अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै भएको बैंकको दावी छ । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष ०७७र७८ मा वाणिज्य बैंकहरुमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.१४ गुणा रहेको छ । बैंकले आ.व. २०७७र७८ मा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रति सेयर आम्दानी २८.११ पु¥याएको छ । त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल १७.१४ प्रतिशत रहेको छ जुन वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी भएको अनुमान गरिएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले इन्टरप्राइजेज लेभल रिस्क म्यानेजमेन्ट एप्रोच अवलम्बन गर्दै साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगिकार गरेको फलस्वरुप कोभिड–१९ को विषम परिस्थिति तथा चुनौतिका बावजुद कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको जनाएको छ ।

आ.व. २०७६र७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई आ.व. २०७७र७८ को चौथो त्रैमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैंक सफल भएको छ । साथै, गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । साथै, बैंकको कर्जा जोखिम न्यून रहेको पनि बैंकको दावी छ ।

बैंकले आ.व. २०७७र७८ मा ४६६,४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले आ.व. २०७७र७८ को अन्त्यमा बैंकको भौतिक र डिजिटल कारोबारको अनुपात ७९ः२१ पुर्याएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७