तालिबान ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तयारीमा


३२ श्रावण २०७८, सोमबार
talibans

काठमाडौं । अफगानिस्तानको विद्रोही समूह तालिबानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तयारी गरेको छ । आइतबार बिहान मात्रै काबुल प्रवेश गरेको तालिबानले आफू नेतृत्वको नयाँ सत्ता घोषणा गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

समाचार संस्था गार्डेनले तालिबानी स्रोतलाई उल्लेख गदै चाँडै तालिबानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्न लागेको जनाएको छ । समाचारमा तालिबानले राष्ट्रपती निवास (प्रेसिडेन्सियल प्यालेस) बाटै त्यसको घोषणा गर्ने तयारी गरेको उल्लेख छ ।

तालिवान विद्रोहीहरुले अफगानी राष्ट्रपतिको कार्यालयलाई कब्जामा लिएका छन् । रोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् ।

राष्ट्रपति अशरफ गनी आइतवारै देश छोडेर हिँडेपछि तालिबानले यस्तो दाबी गरेको हो। आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७