२०७८ साउन ३२ गते सोमबारको तपाईको राशिफल


३२ श्रावण २०७८, सोमबार
rasifal

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ला । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिने छ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान दिनु होला । पहिलेका कमजोरीमा क्रमशः सुधार आउने छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
माहोल रमाइलो रहने छ । अतिथिका रूपमा सम्मान प्राप्त होला । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । केही उपहारसमेत पाइनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन् । परिवारजनको साथले नयाँ आशा जगाउने छ । मान सम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ । रमाइलो व्यावसायिक यात्रा हुनेछ ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिने छ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिने छ । प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन् । प्रगतिमा रिस गर्नेहरूले चाहिँ दुःख दिन सक्छन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिने छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्ने छन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्ने छ । आफ्नै सक्रियताले दिगो लाभ उठाउन सकिने छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्ने छ । टाढिएका आफन्त नजिकिने छन् । मिहिनेतले फाइदा दिलाउने छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ । तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
सानै भए पनि रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । गरिएका कर्मको प्रतिफल पाइनेछ । तर, हिसाबकिताबमा होसियार रहनुहोला । सम्पादित कामबाट पनि मनग्य धन लाभ हुनेछ । मिहिनेतले आम्दानी बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढ्ने छ । विशेष अवसरले प्रसन्नता दिलाउने छ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउने छ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । तर आगन्तुकले अलमल्याउने हुँदा काममा केही विलम्ब हुनेछ । आलस्य गर्ने बानीले पनि अलि पछि परिने छ ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आकस्मिक कामले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । अरूलाई समय दिँदा आफू पछि परिने छ । अर्थ अभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिने छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राम्रै अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्‍याउने छ । दिगो फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्ने छ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउने छ । प्रतीक्षा गरिएको काम बन्ने छ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्‍याउनु पर्ला । अवसरका लागि विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न होला । बेसुरमा काम गर्दा समस्या पर्नेछ । तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । खर्च लागे पनि कामको जग बसाउने मौका छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसरका लागि केही दौडधुप गर्नुपर्ला । काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिने छ । सामाजिक दायित्व पनि बढ्ने छ । तारिफयोग्य कामले लोकप्रियता दिलाउने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७