अफगानिस्तानको उदाहरण दिंदै डा. भट्टराईले भने, ‘हामी पनि बेलैमा सतर्क बन्ने कि ?’


३२ श्रावण २०७८, सोमबार

काठमाडौं, ३२ साउन । अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हामी पनि बेलेमै सर्तक हुनुपर्ने बताएका छन् ।

तालिबानका लडाकुले देशका प्रमुख शहर कब्जापश्चात् आइतबार मात्र अफगानिस्तानको राजधानी काबुल प्रवेश गरी त्यहाँको राष्ट्रपति भवन कब्जा गरिसकेका छन् । उनीहरू काबुल प्रवेश गर्ना साथ त्यहाँका राष्ट्रपति असरफ गानी देश छाडेर भागिसकेका छन् ।

यसै सन्दर्भमा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मुलुकमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने यस्तै अवस्था आइपर्ने भन्दै सजग गराएका हुन् ।

‘भू–राजनीतिक हिसाबले संवेदनशील अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुनः पुष्टि भयो है,’ डा. भट्टराईले भनेका छन्, ‘हामी पनि बेलैमा सतर्क बन्ने कि ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७