देश छाडेर कहाँ गए अफगानिस्तान राष्ट्रपति ? को हुन् असरफ गानी ?


३२ श्रावण २०७८, सोमबार
afghan president asaraf gani

काठमाडौं, ३२ साउन । विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ गानीले देश छाडेका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छाडेका छन् ।

सुरुवाती रिपोर्टसबाट घानी ताजकिस्तान गएको पत्ता लागेको थियो । यद्यपि अलजजिराले भने राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको जनाएको छ । अलजजिराले राष्ट्रपतिको व्यक्तिगत बडिगार्डलाई उद्धृत गर्दै सो कुरा जनाएको हो । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि हुन बाँकी छ ।

फेसबुक पोष्टमार्फत् अफगानिस्तानका नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले देश छाड्ने निर्णय कठिन थियो भनेका छन् । उनले रक्तपात रोक्नका लागि यस्तो निर्णय लिन बाध्य भएको पनि बताएका छन् । तालिबान काबुलमा आएपछि झडप हुने र त्यसबाट लाखौं जनताको जीवन खतरामा पर्ने भएकाले देश छाड्न बाध्य भएको उनको भनाइ थियो ।

‘आज मलाई एक कठिन निर्णय लिनु थियो या त म सशस्त्र तालिबान, जो राष्ट्रपति भवनमा प्रवेश गर्न चाहन्थे, उनीहरुको अगाडि उभियौं, या आफ्नो प्यारो देश, जसको सुरक्षाका लागि मैले २० वर्ष खर्चिएँ, त्यसलाई छोडुँ ।’

यदि यस क्रममा अनगिन्ती मानिस मारिन्छन् र काबुल शहर ध्वंस हुन्छ भने ६० लाख जनसंख्या भएको शहरमा ठूलो मानवीय त्रासदी हुन्थ्यो ।’

उनले अगाडि भनेका छन्– तालिबानले तलबार र बन्दुकको बलमा जित हासिल गरेका छन् र अब देशका जनता, सम्पत्ती र सुरक्षाको जिम्मेवारी तालिबानमाथि छ । यदि उनीहरुले मन जित्न सकेनन् भने इतिहासमा कहिल्यै कसैलाई यो अधिकार केबल बलपूर्वक पाएको छ र यो कहिल्यै पाउने छैन । अब उनीहरुले एक ऐतिहासिक परीक्षाको सामना गर्नुपर्नेछ । उनीहरुले अफगानिस्तान वा अन्य क्षेत्र र सन्जालको नाम तथा प्रतिष्ठा बचाउनु पर्ने छ ।

को हुन् असरफ गानी ?

असरफ गानी अफगानिस्तानमा दुई पटक राष्ट्रपति बने । उनी पहिलो पटक सन् २०१४ र दोस्रो पटक सन् २०१९ मा राष्ट्रपति चुनिएका थिए । उनी एक पूर्व प्राविधिक शास्त्री हुन् । उनलाई देशको चर्चित शिक्षाविदको रुपमा पनि चिनिन्थ्यो । उनले आफ्नो करिअरको अधिकांश समय अफगानिस्तान बाहिर नै बिताएका छन् । तर उनी कयौं वर्षको युद्धपछि अफगानिस्तानको पुनर्निर्माणका लागि फर्किएका थिए ।

जब उनले राष्ट्रपति पद सम्हाले, त्यतिबेला उनले एक इमान्दार व्यक्तित्वको पहिचान बनाए । यद्यपि उनलाई छिट्टै आवेशमा आउने व्यक्तिको रुपमा पनि चिनिन्छ । देशको बहुसंख्यक पुश्तन समुदायका गानीले सन् २०१४ मा यस्तो बेलामा राष्ट्रपति पद सम्हाले, जतिबेला अधिकांश विदेशी सैनिकले अफगानिस्तान छोडिरहेका थिए ।

उनले देशबाट विदेशी सेना फिर्ता हुने र तालिबानसँग लगातार झगडालु शान्ति वार्तामा नजर राखिरहे । तर तालिबानले उनी नेतृत्वको सरकारलाई सधैं अमेरिकाको कठपुतलीको रुपमा प्रचार गरिरह्यो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७