बस र ट्रक ठोक्किँदा एक जनाको गयो ज्यान, १२ जना घाइते


३२ श्रावण २०७८, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

धादिङ, ३२ साउन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गए राति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षकी रेनुका कुलुङको ज्यान गएको प्रहरीले जनाएको छ । उनको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा ज्यान गएको हो ।

यस्तै दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ भने तीन जनाको गल्छीमा रहेको बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७