धन कमाउन हिँडेका तीन नेपाली युवालाई १५ लाख ऋण लिएर फर्किए


२१ फाल्गुन २०७४, सोमबार
TIRTO s nepal

काठमाडौं, २१ फागुन । टर्की पुगेका तीन नेपाली युवा १४ माघमा अपहरणमा परेका छन् । पाकिस्तानी नागरिकबाट अपहरणमा परेका उनीहरु करिब १५ लाख रुपैयाँ फिरौती बुझाएर नेपाल फर्किएका हुन् ।TIRTO s nepal
मोरङको केराबारी–९ का किरण मगर, खोटाङको रुपाकोटका टीकाराम विश्वकर्मा र ताप्लेजुङको मेवाखोला–३ का टीका लिम्बु अपहरणमा परेका थिए । पाकिस्तानीद्धारा उनीहरुलाई ७ दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती मागिएको बताएका छन् ।
उनीहरु नेपालबाट मकाउका लागि भनेर भारततर्फ छिरेका थिए । तर, भारत पुगेपछि भिसा नै नलागेको थाहा पाएको बताए । त्यसअवधिमा उनीहरुले न त घर फर्किन पाए, न त परिवारसँग आफ्नो दुःख सुनाउने मौका नै पाए ।
भारतमा ३ महिना विताएपछि मकाउभन्दा टर्कीमा राम्रो कमाइ हुने भन्दै विभिन्न प्रलोभन देखाइयो । अन्ततः उनीहरु टर्कीका लागि उडे । तर, त्यहाँ उनीहरुले न भने जस्तो काम पाए, न राम्रो कमाइ गर्न नै सके । बरु, उल्टै फिरौती तिरेको रकम बराबरको ऋण बोकेर स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७