प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदै


३२ श्रावण २०७८, सोमबार
samsad 2

काठमाडौं, ३२ साउन । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् । सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रवेश प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय समेत गरेको थियो । सरकारले राजेश अहिराज (झा) लाई बर्खास्त गरेर पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७