माधव नेपाल निकट युवा संघको कोभिडविरुद्ध सचेतना कार्यक्रम


३२ श्रावण २०७८, सोमबार
238794660 1267388860363783 7496328466624051030 n

काठमाडौं, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपाल वागमती प्रदेश कमिटीको आयोजनामा कोभिड–१९ को डेल्टा भेरियन्टविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

युवा संघ नेपाल वागमती प्रदेश कमिटीको आयोजना तथा जिल्ला कमिटीको संयोजनमा उपत्यका लगायत १० वटै जिल्लाका सदरमुकामहरुमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निःशुल्क रुपमा मास्क समेत वितरण गरिएको छ ।

237770962 1002905637137063 600915048286029337 n

युवा संघ नेपालका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख नितेश पौड्यालले काठमाडौंको रत्नपार्कमा एक कार्यक्रमबीच उद्घाटन गर्दै जनचेतना कार्यक्रम काठमाडौंको ३ स्थान, ललितपुर, भक्तपुरका २ /२ स्थान र प्रदेशका सबै जिल्ला सदरमुकामहरुमा कोभिड सम्बन्धित सूचना प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भौतिक दूरी कायम गर्दै कोभिड १९ डेल्टा भेरियन्टबाट जोगिन अनुरोध गर्दै मास्क लगाउन अनुरोध गरिनुका साथै मास्क समेत वितरण गरिएको युवा संघ नेपालका उप–महासचिव तथा प्रदेश कमिटी इञ्चार्ज रोशन थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७