संसदका दुवै सदनको अधिवेशन अन्त्य, २९ दिनमा के–के भए ?


३२ श्रावण २०७८, सोमबार

काठमाडौं, ३२ साउन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।
सर्वोच्च अदालतले असार २८ गते दोस्रो पटक पुनः स्थापना गरेको प्रतिनिधिसभाको चालु अधिवेशन बिजनेस नै नपाइ अन्त्य भएको छ । राष्ट्रियसभाको पनि चालु अधिवेशन आजै राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् । संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उनले बताए ।

सर्वोच्च अदालतले असार २८ गते दोस्रो पटक पुनःस्थापना गरेको प्रतिनिधिसभाको चालु अधिवेशन बिजनेस नै नपाइ अन्त्य भएको छ । राष्ट्रियसभाको पनि चालु अधिवेशन आजै राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते विघटन गरेको प्रतिनिधि सभा असार २८ मा सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएको थियो । यससँगै आजै रातिबाट दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ ।

त्यही दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पनि अदातलबाट परमादेश जारी भएको थियो । प्रतिनिधिसभा पुनःस्थापना भएपछि साउनको ३ गते पहिलो बैठक बसेको थियो । बर्खे अधिवेशन सुरु भएको २६ दिनमा प्रतिनिधिसभाका ९ वटा बैठक बसे । तर सर्वोच्चको परमादेशबाट शेरबहादुर देउवाको नेतृत्वमा आएको गठबन्धन सरकारले बिजनेस दिनै सकेन ।

अधिवेशन सुरु भएको दिनदेखि साउन ३२ गते सोमबारसम्म जम्मा २९ दिन चालु रह्यो । जसमध्ये ९ दिनमा १० पटक बैठक बसी जम्मा २० घण्टा १५ मिनेट ससंदीय काम कारवाही भएको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराए । तर कुनै पनि बिजनेसमा छलफल नै नगरी प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको हो । तत्कालीन ओली सरकारले ल्याएका १५ वटा अध्यादेशमाथि छलफल नगरी सरकारले संसद् अधिवेशन अन्त्य गरिदिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७