३,४५१ जनामा कोरोना संक्रमण, २,४५८ जना निको, ३५ को मृत्यु


३२ श्रावण २०७८, सोमबार
korona

काठमाडौं, ३२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३,६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३,४५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ५६ र ५,५१८ जनाको एन्टीजेन परीक्षण गर्दा ८८५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,४५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा ३,३३५ भने ७९५ जना आइसियुमा र १९७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७