अफगानिस्तानबाट १६४ नेपाली स्वदेश फर्किए


१ भाद्र २०७८, मंगलवार
kabul

काठमाडौं, १ भदौं । २० वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली स्वदेश फर्किएका छन् । तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगैं नेपाली कामदारले अफगानिस्तान छाड्न थालेका थिए । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगैं दुई अफगानी नागरिक पनि नेपाल आएको रेकर्डमा देखाएको बताए ।

आइतबार राजधानी काबुल पनि तालिवानले पूर्णरुपमा नियन्त्रणमा लिएसँगैं थप नेपाली कामदारको उद्धार सुरु भएको छ । काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले सोमबार कतारको राजधानी दोहा पुर्‍याएको छ ।

आइतबार ५० जना दोहा पुर्‍याएकोमा सोमबार अपरान्ह तीन सय ३५ जनालाई उद्धार गरिएको छ । उनीहरुमध्ये केहीमंगलबार स्वदेश आइपुग्ने छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७