अफगानस्तिानबाट नेपाली फर्काउन पाकिस्तानले सहयोग गर्ने


१ भाद्र २०७८, मंगलवार
KabulAirport3

काठमाडौं, १ भदौं । अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ ।
सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान पाक स्थलमार्गबाट नेपालीहरु स्वदेश फर्कन पाउने व्यवस्था मिलाइएको जनाएका हुन् ।

तालिवानहरुले सत्ता कब्जा गरेपछि हाल अफगाननिस्तानबाट व्यवसायिक उडान अन्तराष्ट्रिय उडान अवरुद्ध छ । ‘अफगानस्तिानको जालालावाददेखि पाकिस्तानको तोरखाम सीमासम्म आउन समन्वय हुन सके पाकिस्तानबाट सहजै काठमाडौं जान सकिने कुराकानी भएको छ’ , राजदूत अधिकारीले भने, ‘तत्काल अनअराइभल भिसा दिइने र भिसाको पैसासमेत मिनाहा गर्न सकिने प्रबन्ध तय भएको छ ।’

यो नेपालीसहित अन्य देशका नागरिकका हकमा पनि मान्य हुनेछ । यसका लागि सहुलियत भिसा बढीमा एक महिनाका लागि मान्य हुने जनाइएको छ । जलालावाद तोरखाम दूरी ७० किलोमिटर छ । त्यहाँबाट पेसावर वा राउलपीण्डी हुँदै इस्लामावाद पुगेपछि जहाजबाट काठमाडौं फर्कन सम्भव हुन्छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७