अमेरिकालाई संकेत गर्दै संग्रौलाले भने– अफगानिस्तानमा फटाहाको मिसन असफल


१ भाद्र २०७८, मंगलवार
Khagendra Sangraula

काठमाडौं, १ भदौं । वरिष्ठ लेखक एवम नागरिक अगुवा खगेन्द्र संग्रौलाले रैथाने चेतना, आकांक्षा र संघर्षबाट लोकतन्त्र जन्मने र उनीहरुबाटै त्यो हुर्कने बताएका छन् ।

अफगानिस्तानको आन्तरिक मामिलामा अमेरिकाको प्रवेश र त्यसबाट सिर्जित संकटतर्फ संकेत गर्दै संग्रौलाले कुनै पनि देशमा बाहिरियाले लोकतन्त्र र समाजवाद ल्याई दिन र टिकाई दिन सम्भव नहुने बताएका हुन् । अमेरिकातर्फ संकेत गर्दै संग्रौलाले ‘हतियार व्यापारीले लोकतन्त्र र समाजावाद ल्याई दिन र जोगाई दिन सम्भवन नहुने’ बताएका हुन् ।

‘लोकतन्त्र र समाजवाद न हतियार बेपारीले बाहिरबाट ल्याइदिन्छन्, न जोगाई दिन्छन् । यी चीज रैथाने चेतना, आकांक्षा र संघर्षबाट जन्मिन्छन्, र यिनलाई जन्मदाता स्वयंले हुर्काउँछन् र जोगाउँछन्,’ संग्रौलाले मंगलबार बिहान ट्वीटरमा लेखेका छन्, ‘अफगानिस्तानमा बाहिरिया फटाहाले गरेका मानवताविरेधी अपराधबाट दुनियाँले यत्ति कुरा चै कसो नसिक्लान् र ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७