उद्धारका लागि अफगानिस्तानमा रहेका १३४ नेपालीले विवरण टिपाए


१ भाद्र २०७८, मंगलवार
Nepali in Afghanistan1629126816

काठमाडौं, १ भदौं । अफगानिस्तानमा रहेका १३४ नेपालीले आफ्नो विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेबपोर्टलमा हिजो बेलुकासम्म १३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक÷दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था एकिन गरि आवश्यक समन्वयका साथ उद्धारका काम गर्न मन्त्रालयले गठन गरेको कार्यदलले यसअघि विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो । विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण सङ्कलनको काम थालिएको छ ।

साथै उपलब्ध नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ । अफगानिस्तान घटनाका कारण नेपालमा कुनै न कुनै रूपमा प्रभाव देखिन सक्ने हुँदा पूर्व सावधानी आवश्यक रहेको र त्यसै अनुसार तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । गृह सचिव टेकनारायण पाण्डेले सीमा नाकामा निगरानी बढाएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७