लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन शुरु हुँदै, के छन् कार्यसूची ?


१ भाद्र २०७८, मंगलवार
Pradesh 5 fePYCokem7

रुपन्देही, १ भदौं । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आज (मंगलबार) देखि शुरु हुँदैछ । शंकर पोखरेल नेतृत्वको सरकारको वहिर्गमनपछि साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुखले नियमित अधिवेशन आह्वान गरेका हुन् ।

दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने वैठकमा मुख्यमन्त्री केसीले सम्बोधन गर्ने कार्यसूची छ । यस्तै उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची छ ।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेश हुने कार्यसूची छ ।

अधिवेशन शुरु भएपछि एक-दुई दिनमै सरकारले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई विस्तार गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता केसी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७