माधव पक्षको भेलामा किन पुगे ओली पक्षका चार सांसद ?


१ भाद्र २०७८, मंगलवार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, १ भदौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरुको भेला चल्दै गर्दा केपी ओली पक्षका सांसद सिंहदरबारमा पुगेका छन् ।

वरिष्ठ नेता नेपालले मंगलबार बिहान आफू पक्षीय नेता तथा सांसदहरुसँग कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए । नेता नेपाल आफूपक्षीय नेताहरुसँग छलफल गरेर सिंहदरबारबाट बाहिरिए लगत्तै ओली पक्षका सांसदहरु कृष्ण प्रसाद दाहाल, नवराज सिलवाल, गणेश पहाडी र सूर्य पाठक सिंहदरबार पुगेका थिए ।

सांसद पहाडीले आफूहरु मध्यस्थता गर्न आएको प्रतिक्रिया दिए । ‘हामी मध्यस्थता गर्न आएका हौ अरु केही होइन’, पहाडीको प्रतिक्रिया थियो । उनीहरुले नेपाल पक्षका दिपक प्रकाश भट्ट, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार पवित्रा निरौला, झपट रावल लगायतसँग छलफल गरिरहेका छन् ।

एमालेमा बढेको विवादपछि पार्टी विभाजनतर्फ उन्मुख भएको छ । सरकारले आजै दल विभाजनसम्बन्धी खुकुलो अध्यादेश ल्याइसकेको छ । सोही अध्यादेशका आधारमा नेता माधव कुमार नेपाल समूहले निकट भविष्यमा नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । एमाले विभाजन हुने निश्चित भएपछि एमालेका केही नेता तथा सांसदहरुले ओली कि माधव पक्षमा लाग्ने भन्ने निर्क्योल गर्न सकेका छैनन् । यस्तो अवस्थामा ओली पक्षका सांसदहरुले माधव पक्षको भेलामै पुगेर ओलीको पक्षमा ल्याउने प्रयास गरेको बुझिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७