१.९१ प्रतिशतले बढ्यो विद्युत चुहावट, ग्राहक संख्या ५० लाख ८० हजार पुग्यो


१ भाद्र २०७८, मंगलवार
Electricity Leakage

काठमाडौं, १ भदौं । एक वर्षको अवधिमा १.९१ प्रतिशतले विद्युत चुहावट बढेको छ । कोभिड–१९ का कारण विद्युत चुहावट र मुनाफामा असर परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राधिकरणको ३६ औं वार्षिकोत्सवमा उनले बन्दाबन्दी र निषेधाज्ञाले नियमित मिटर रिडिङ र विद्युत चहावट नियन्त्रण कार्य प्रभावित हुँदा घाटा र चुहावट बढेको उनले बताए ।

प्राधिकरणले आर्थिक वर्ष २०७७ /०७८ मा विद्युत विक्रीबाट ७१ अर्ब २८ करोड आम्दानी गरेको छ । यो गत आर्थिक वर्ष २०७६÷०७७ को ७६ अर्ब ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्यून हो ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । आयोजनाको ६ वटै युनिटबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु हुनु प्राधिकरणको महत्वपूर्ण उपलब्धी भएको उनले बताए ।

कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत पुगेको प्राधिकरणले जनाएको छ । एक वर्षको अवधिमा प्राधिकरणको ग्राहक ७.३७ प्रतिशतले वृद्धि आएको छ । विद्युत उपयोग गर्ने कुन ग्राहक संख्या ५० लाख ८० हजार पुगेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७