माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई एमालेको पत्र


१ भाद्र २०७८, मंगलवार
madhav nepal.

काठमाडौं, १ भदौं । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार १४ जना सांसदलाई कारवाहीको सिफारिस गरिएको छ । कारवाहीका लागि सिफारिस गरिएका सांसदहरुमा माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।

संसद् सचिवालयमा बुझाएको पत्रको बोधार्थ निर्वाचन आयोगमा पनि पुगेको सचिव सुरेश अधिकारीले जानकारी दिए । निर्वाचन आयोगमा पुगेको पत्रमा उनीहरुको पद रिक्त भन्ने रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७