रुसी ‘एके–४७’ बिसाएर अमेरिकी राइफल बोक्दै तालिबान लडाकु


१ भाद्र २०७८, मंगलवार
taliban us rifle gAWSUCY9Bb

काबुल, १ भदौं । लामो समयदेखि तालिबान लडाकुको रोजाइमा परेको हतियार हो–रुसमा निर्मित कलानिस्कोव एके–४७ । लगभग सबैजसो लडाकुले यही राइफल बोक्छन् ।

तर, सत्ता कब्जा गरिसकेपछि केही तालिबान लडाकुले भने एके–४७ छाडेर अमेरिकामा निर्मित राइफल बोक्न थालेका छन् । सरकार ढलेसँगै अमेरिकाले अर्बौं डलर खर्च गरेर अफगान सेनालाई दिएको सम्पूर्ण हतियार अहिले तालिबानको कब्जामा पुगेको छ । त्यससँगै लडाकुहरुले हतियार साट्न थालेका हुन् ।

gun M4 PEO Soldier

तालिबानले ट्वीटर र अन्यत्र प्रकाशित गरेका भिडिओ र तस्बिरहरुमा लडाकुहरुले एम ४ कारबाइन र एम १६ राइफल बोकेको देखिन्छ । अमेरिकामा बनेका एम ४ र एम १६ सटिक निसाना लगाउन र लामो दूरीमा प्रहार गर्न एके–४७ भन्दा प्रभावकारी मानिन्छ । तर, त्यसले मात्रै युद्ध मैदानमा खासै क्षमता नबढाउने विज्ञहरु बताउँछन् ।

ak 47 Pm2KrUqyIw

तथापि, अमेरिकामा बनेका, उसैले अर्बौ डलर खर्च गरेर अफगान सेनालाई दिएका अत्याधुनिक राइफल लडाकुको हातमा देखिनु तालिबानका लागि प्रचारबाजीको हतियार बनेको छ ।

अफगानिस्तानमा रहेका धेरैजसो एके–४७ नक्कल हुन् । तर, केही भने १९८९ सम्म सोभियत सेना अफगानिस्तानमा रहँदा छोडिएका हुन् । दोस्रो विश्वयुद्ध लगत्तै जर्मन डिजाइनमा बनाइएको यो राइफल तुरुन्तै विश्वभर पुगेको थियो । जुन सरकारी सेना, विद्रोही र आतंकवादी समूहहरुको रोजाइमा पर्ने गरेको छ । तालिबानले कब्जा गरेको अमेरिकी हतियार लामो समय प्रयोग हुनसक्छ । किनभने यसका गोली आपूर्ति गर्न कुनै कठिनाइ छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७