प्रगतिशील गायक जेबी टुहुरेलाई ‘स्ट्रोक’, सीसीयूमा उपचार हुँदै


२ भाद्र २०७८, बुधबार
jb tuhure

काठमाडौं, २ भदौं । प्रगतिशील गायक जेबी टुहुरे अस्पताल भर्ना भएका छन् । मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो ।

उपचारमा संलग्न चिकित्सकले उनलाई ‘स्ट्रोक’ भएको बताएको उनकी छोरी निर्भिकाले जानकारी दिएकी छिन् । ७६ वर्षीय टुहुरेलाई सीसीयु कक्षमा राखेर उपचार भइरहेको छ ।

२०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि गाउँदै आएको सबैभन्दा चर्चित गीत हो । उनको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि हो ।

सुनसरीको धरान घर भएका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासद समेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उनकी छोरी निर्भिका छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७