खगेन्द्र संग्रौलाको आरोप : देउवाले पति–पत्नी पार्टी व्युँताउन खोजे


२ भाद्र २०७८, बुधबार
Khagendra Sangraula

काठमाडौं, २ भदौं । लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजन गर्न सहज हुने गरी ल्याएको अध्यादेशले राजनीतिमा विकृति बढ्ने बताएका छन् ।

सरकारले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि संग्रौलाले सामाजिक सञ्जालमार्फत् त्यसको विरोध गरेका हुन् । यो अध्यादेशले ओलीलाई जस्तै देउवालाई पनि पतन गर्ने संग्रौलाको भनाई छ ।

‘थ्रेसहोल्ड अघि पति–पत्नी पार्टीको बिगबिगी थ्यो । १२/१५ उम्मेद्वार उठायो, जम्मैको जमानत जफत हुन्छ, तर समानुपातिक मत बटुल्दा पति–पत्नी सांसद हुन पुग्छ । अनि दुई मत बेच्यो, मन्त्री भयो,’ वरिष्ठ लेखक समेत रहेका संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘शेरतन्त्रको अध्यादेशले उही ठगवृत्तिको विकृति बौराउने भो । झुर अध्यादेशले ओलीपछि देउवाको पतन, कठै !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७