२० हजार अफगानी शरणार्थीलाई बेलायतले शरण दिने


२ भाद्र २०७८, बुधबार
tabakibani refugee

काठमाडौं, २ भदौं । बेलायतले अफगानिस्तानबाट पलायन भएकाहरुलाई आफनो देशमा शरण दिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा २० हजारलाई शरण दिने घोषणा गरेका हुन् ।

साथै उनीहरुलाई आफ्नै घर बनाउन मार्ग प्रशस्त गर्ने योजना अघि सारेको पनि खुलासा गरेका छन् । पहिलो बर्षमा ५ हजार शरणार्थीलाई योग्य बनाइ महिला र बालबालिकालाई प्राथमिकतामा राख्ने योजना अघि प्रधानमन्त्री जोनसोनको छ । अफगानी जनताको समर्थनमा बेलायत सरकार रहेको भन्दै उनले आफ्नो देश शरणार्थीका लागि खुला रहेको बताए ।

अफगानिस्तान तालीवानको नियन्त्रणमा गएपछि त्यहाँबाट भागेर बेलायत पुग्नेको संख्या नगण्य छ । अफगानिस्तानको पछिल्लो घटनाक्रमका बारेमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हाउस अफ कमन्समा आज खुला बहस गर्न भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७