सभामुखको हातमा कारबाहीमा परेका एमाले सांसदको सूची


२ भाद्र २०७८, बुधबार
agniprasad sapkota 1536x864 1

काठमाडौं, २ भदौं । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ नेतालाई कारबाही गरेको जानकारी सभामुख अग्नि सापकोटालाई दिइएको छ ।

हिजो (मंगलबार) संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको च्याम्बरमा दर्ता गराइएको पत्र आज बुधबार सभामुख सापकोटालाई जानकरी गराइएको हो । केहीबेरअघि सापकोटा समक्ष पु¥याइएको पत्रमा नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको जनाइएको छ ।

कारबाहीबारेको पत्र मंगलबार दिउँसो ४ः२० संसद सचिवालयमा दर्ता भएको थियो । ‘दल त्याग गरेको सूचना सम्बन्धमा’ भनेर उल्लेख गरिएको पत्रमा एमालेको साउन २५ गते बसेको केन्द्रीय समिति बैठकले नेपालसहितका १४ जनालाई कारबाही गर्ने निर्णय गरेको जनाइएको छ ।

‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ ( १) को ‘क’बमोजिमको कार्य नगरी दलको निर्देशन (ह्वीप) उल्लंघन गरेकोले यस दलको मिति २०७८ /४ /२५ को निर्णय अनुसार ऐ ऐनको दफा ३२ (२) बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहने गरी यसदलबाट समेत निस्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपी समेत साथै राखी यो सूचना गरिएको छ,’ पत्रमा व्यहोरा छ ।

वैशाख २७ गते केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका थिए तर, नेपाल पक्षका २७ सांसदले आफ्नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रम नै बहिष्कार गरे । त्यही कुरालाई आधार बनाएर ओलीले माधव नेपालसहित १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जानकारी संसद सचिवालयमा दिएका हुन् । कारबाहीको जानकारी निर्वाचन आयोगलाई पनि हिजै दिइसकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७