हस्ताक्षर संकलन गर्दै माधव नेपाल पक्ष, निर्वाचन आयोग जाने तयारी


२ भाद्र २०७८, बुधबार
Capture 10

काठमाडौं, २ भदौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिंदै छ । अहिले काठमाडौंस्थित अर्याल होटेलमा उनीहरू रहेका छन् ।

नेकपा एमालेको एकता नभएसँगै उनीहरू नयाँ दल दर्ताको लागि निर्वाचन आयोग जान लागेका हुन् । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी गरिएको छ ।

हस्ताक्षर संकलनस्थलमा स्थायी कमिटी सदस्य समेत रहेका युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य उपस्थित भएका छैनन् । यस्तै, विघटित कार्यदलमा रहेका कोही पनि नेता त्यहाँ छैनन् । भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ । त्यससँगै कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जतासुकैको २० प्रतिशत पुर्‍याएर अर्को दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७