‘सुश्री सम्पत्ती’मा प्रियंका आइटम गर्ल !


२१ फाल्गुन २०७४, सोमबार
priyanka and subrat

काठमाडौं, २१ फागुन । संचारकर्मी सुव्रतराज आचार्यको निर्देशनमा बन्ने चलचित्रको छायाँकन पोखरामा भइरहेको छ । priyanka and subratचलचित्रको शिर्ष भूमिकामा नायिका सारा सिर्पालीले रहेकी छिन् । उनका साथमा, सलोन बस्नेत, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयनन्द लामा, विशारद बस्नेत, रोशनी कार्की, रञ्जिन कोइराला, विनोद पौडेल, सन्तोष खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।
यस्तै चलचित्र घोषणामा चलचित्रमा नायिका प्रियंका कार्की विशेष भूमिकामा देखिन्ने बताएको थियो । तर के भुमिका भन्ने खुलाइएको थिएन् । यसैबीच निर्देशक सुव्रतराज आचार्यले फेसबुकमा अभिनेत्री कार्कीसँगको एउटा हट फोटो शेयर गरेका छन् । जहाँ, प्रियंका हट अवतारमा छिन् । यसैले पनि कतै फिल्ममा उनी आइटम गर्लको भूमिकामा त छैनन् भन्ने अड्कल लगाउन सकिन्छ । प्रियंकाले यो पहिरन आइटम गीतको सुटिङका क्रममा लगाएको सजिलै वmुभ्न सकिन्छ । र
चलचित्रमा विज्ञान राई, नुनाम सुब्बा, रमन सिलाकारको लगानी रहनेछ । रमेश त्वयनाको प्रस्तुतीमा चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा अभिमन्यू निरबीको पटकथा, अभिमन्यू र सुव्रतराज आचार्यको संवाद, अर्जुन तिवारीको छायांकन, भरत रेग्मीको सम्पादन, सुरेश अधिकारीको संगीत रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७