करेसाबारीको पहिरो पन्छाउँदै गर्दा पहिरोले पुरेर मृत्यु


३ भाद्र २०७८, बिहीबार
pahiro

नुवाकोट, ३ भदौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।

आज बिहान २ः३० बजे लामिछानेको घरको करेसामा पहिरो खसेको थियो । त्यो पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा त्यसमा पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा राखिएको छ । पहिरोले लामिछानेको घर समेत जोखिममा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७