नयाँ पार्टी गठन गरेका माधव, देउवा, प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


३ भाद्र २०७८, बिहीबार
deuba prachanda madhav

काठमाडौं, ३ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

तीन नेताबीच आज (बिहीबार) बालुवाटारमा छलफल भएको हो । उनीहरुबीच करिब ४५ मिनेट छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । नेता नेपालले नेकपा (एमाले) बाट विद्रोह गरे छुट्टै पार्टी गठन गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरे लगत्तै नेपालले नयाँ पार्टी गठन गरेका हुन् । नयाँ पार्टी गठन गरेपछि बालुवाटार पुगेका नेता नेपालसँग समसामयिक विषयमा छलफल भएको बताइएको छ । नेता नेपालले बुधबार मात्र निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७