दार्जिलिङमा फेरी आन्दोलन


२७ आश्विन २०७४, शुक्रबार
darjeling protest

काठमाडौं : दार्जिलिङमा फेरी हिंसा भड्किएको छ । प्रहरीले गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङलाई पक्रिन खोज्दा हिंसा भड्किएको हो । शुक्रवार भएको झडपमा एक प्रहरी अधिकृत र एक मोर्चा कार्यकर्ताको मृत्यु भएको छ। शुक्रवार बिहान भएको सुरक्षाकर्मी र विमल गुरुङ पक्षसँग भएको झडपमा एक सुरक्षाकर्मी र एक मोर्चा कार्यकर्ताको मृत्यु भएको छ । दार्जिलिङ बन्द खुलेको १६ औँ दिनपछि फेरि हिंसा भड्किएको हो ।

darjeling protest

यसअघि बिहीबार मोर्चाका अध्यक्ष गुरुङले अक्टोबर ३० तारिखमा आफू जनता माँझ आउने भन्दै अडियो सूचना सार्वजनिक गरेका थिए । त्यसैको आधारमा प्रहरीले गुरुङको खोजी गर्दा झडप भएको हो ।
सोही क्रममा प्रहरीका इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु भएको हो । घटनामा दर्जन बढी घाइते छन् । झडपमा मारिएका आन्दोलनकारीको सनाखत भएको छैन । आन्दोलनकारीले सुरक्षाकर्मीको गाड़ी पनि तोडफोड गरेका छन् । भने आन्दोलन जारी रहेको छ । पछिल्लो झडपपछि दार्जिलिङमा झनै सङ्कट चुलिने आशंका गरिएको छ।
अलग राज्यको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको गोजमुमोमा पनि पछिल्लो समय सङ्कट पैदा भएको छ। पार्टीबाट निकालिएका विनय तामाङ र अनित थापालाई पश्चिम बंगाल राज्य सरकारले जिटिएको प्रमुख र उपप्रमुखमा नियुक्त गरेको छ भने विमल गुरुङलाई मुद्दा लगाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७