दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा पाँच रिट पेस


३ भाद्र २०७८, बिहीबार
sarbochha 1

काठमाडौं, ३ भदौं । दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा पाँच रिट निवेदन पेस भएका छन् । बिहीबार दिउँसो १२ बजेसम्म छुट्टाछुट्टै रूपमा पाँच रिट निवेदन पेस भइसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् । अधिवक्ता श्रीकान्त बराल, अनुप अर्याल, सकुन्तला भुसाल, प्रवेश केसीलगायत पाँच जनाले रिट निवेदन पेस गरेका हुन् । तर रिट निवेदन अपराह्न ४ बजेपछि मात्रै दर्ता गरिने सर्वाेच्च अदालतले जनाएको छ ।

‘यहि प्रकृतिका अरुपनि रिट आउन सक्ने भएकाले एउटै इजलासमा पेश गर्नुपर्ने भएकाले ४ बजेसम्म खुला राख्छौं, त्यसपछि दर्ताको प्रक्रियामा जान्छ’, प्रवक्ता दाहालले भने । रिटमा संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । यसरी ल्याइएको अध्यादेश सर्वोच्च अदालतको फैसला विपरित समेत रहेको निवेदकको दाबी छ ।

सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरेको थियो । राष्ट्रपतिले बुधबार अध्यादेश जारी गरेकी थिइन्। अध्यादेशमा संसद वा केन्द्रीय समस्य मध्ये एकतर्फ २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेकपा एमाले र जसपा विभाजन भएका छन् । महन्थ ठाकुरको अध्यक्षतामा जनता समाजवादी पार्टी (लोकतान्त्रि) र माधव नेपालको अध्यक्षतामा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७