विश्व फोटोग्राफी दिवसमा रक्तदान


३ भाद्र २०७८, बिहीबार
237838674 142987307986387 936605534616627148 n scaled

काठमाडौं, ३ भदौं । १८२ औं विश्व फोटोग्राफी दिवसका उपलक्ष्यमा काठमाडौं फोटोग्राफर संघद्वारा बृहत् रक्तदान कार्यक्रम गरिएको छ ।
बानेश्वर, पिपलबोटस्थित खुल्ला स्थानमा आयोजित कार्यक्रममा फोटोग्राफी पेशामा आवद्ध करीब एक सय फोटोग्राफर र विभिन्न सञ्चार माध्यममका कार्यरत फोटो पत्रकारको सहभागिता थियो ।

कोभिड–१९ को सङ्क्रमणका कारण रगत नपाएर छटपाटाइरहेकाहरुका लागि मानवीय सहयोगस्वरुप यो कार्यक्रम गरिएको सङ्घका अध्यक्ष मोती बोगटीले बताए ।

239353558 317663733476505 6566980808557405665 n

दिवसका अवसरमा आज साँझ राष्ट्रिय फोटो पत्रकार समूहले भर्चुअल माध्यमबाट ‘नेपालमा फोटो पत्रकारिताको वर्तमान अवस्था र मनोवैज्ञानिक चुनौती’ विषयक अन्तरक्र्रिया कार्यक्रम आयोजना गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७