संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्न उठ्यो, अब बाटो बदलौं : कमल थापा


३ भाद्र २०७८, बिहीबार
kamal thapa

काठमाडौं, ३ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक घटनाक्रमबाट संविधान र व्यवस्थको औचित्यमाथि पुनः प्रश्नचिन्ह खडा भएको बताएका छन् ।

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग भएको भर्चुअल बैठकमा अध्यक्ष थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभई व्यवस्था, नेता नभई नीति र चालक नभई बाटो नै परिवर्तन गर्नुपर्नेमा बताए । उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले राजनीतिक दलसम्बन्धी पछिल्लो अध्यादेश प्रकरणले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाएको भन्दै सत्तारूढ दल कांग्रेस पुनः आत्मघाती र फोहोरी बाटोमा हिँडेको आरोप लगाए । अध्यादेश ल्याएको उनले प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरे ।

भर्चुअल बैठकमा अध्यक्ष थापाले पार्टीको महाधिवेशनसँगै स्थानीय निकाय निर्वाचनसम्बन्धी विशेष कार्ययोजना प्रस्तुत गरे । आगामी दिनमा क्षेत्र, नगर, वडासँगै बुथ कमिटी निर्माणमा प्राथमिकता दिनुपर्ने बताउँदै उनले प्रशिक्षण, घरदैलो, जनताको माझ राप्रपा अभियान र जनपरिचालन सघन रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७